अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विप्लव समूहका नेता बालकोटमा, पार्टी प्रवेश गराउन अध्यक्ष ओली जुम्लाको सिँजा जाँदै

विप्लव समूहका नेता बालकोटमा, पार्टी प्रवेश गराउन अध्यक्ष ओली जुम्लाको सिँजा जाँदै


काठमाडौं – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कर्णाली राज्य समितिका प्रभावशाली नेताहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ ।

आज अध्यक्ष ओलीको निवास बालकोट पुगेर कर्णाली राज्य समिति सदस्य तथा जुम्लाका नेता रामप्रसाद शर्मासहित बिष्णुभक्त शर्मा विद्यार्थी नेता नेत्रराज धितालले भेट गर्नु भएको हो । सो समूहसहित अन्य व्यक्तिहरुलाई पार्टी प्रवेश गराउन एमाले जुम्लाले चैत १७ गते सिँजामा आमसभा आयोजना गरेको छ ।

पार्टी प्रवेश गराउन अध्यक्ष ओली आफैं जुम्ला जाँदै हुनुहुन्छ ।