मकवानपुर – बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारले पार्टी बनाउने बहानामा कार्यकर्तालाई रकम वितरण गरेको आरोप लगाउनु भएको छ ।
आज बसेको प्रदेशसभाको बैठकमा पार्टीका तर्फबाट आफ्नो धारणा राख्दै सरकार संविधानअनुसार नभएर स्वेच्छाचारी ढंगबाट काम गरेको उहाँले बताउनु भयो ।
पूर्वमुख्यमन्त्री समेत रहेका शाक्यले प्रदेश सरकारले पार्टीमा कार्यकर्ता बढाउनका लागि मुख्यमन्त्री राजेन्द्र पाण्डेले ५ लाख रुपैयाँको योजना वितरण गरेको आरोप लगाउनु भयो । उहाँले सदनबाट बहुमतले पास गरेको बजेट रकमान्तर गरी संविधान र कानुनभन्दा बाहिर गएर सरकारले काम गरेको आरोप लगाउनु भयो ।
सरकार चलाउन र रकम चलाउन पायो भन्दैमा जे पनि गर्न मिल्छ । ५ लाखले के योजना पूरा हुन्छ ? यो कार्यकर्तालाई खुसी बनाउन दिने रकम हो । प्रदेशको ५ लाखको दरले योजना वितरण गर्ने नाममा कार्यकर्तालाई पैसा बाँड्न मिल्छ ? नयाँ पार्टी जनताले बनाउने विषय हो । पैसाले होइन । मुख्यमन्त्रीज्यू धेरै चिन्ता नगर्नुस् ? कार्यकर्तालाई खुसी बनाउन पैसा बाँड्ने काम नगर्नुहोला । यस्तो बेतिथियुक्त काम नगर्नुस् ।
‘हामीले संविधानअनुसार काम गर्नुपर्ने हुन्छ । सरकारले संविधान मान्नुपर्दैन । विधि मान्नुपर्दैन । प्रदेशको अर्थप्रणालीको व्यवस्था संविधानमै उल्लेख छ । कानुनले १० प्रतिशतभन्दा बढी रकमान्तर गर्न पाइँदैन भनेको छ । यो सरकारको नीति हो । सरकारले संविधानबाहिर रहेर काम गर्न मिल्छ ? किन यति धेरै बजेट रकमान्तर गरेको ? सरकारमा संविधानविरोधी र स्वेच्छारी प्रवृत्ति देखियो,’ उहाँले भन्नुभयो ।
शाक्य भन्नुहुन्छ– ‘सरकार चलाउन र रकम चलाउन पायो भन्दैमा जे पनि गर्न मिल्छ । ५ लाखले के योजना पूरा हुन्छ ? यो कार्यकर्तालाई खुसी बनाउन दिने रकम हो । प्रदेशको ५ लाखको दरले योजना वितरण गर्ने नाममा कार्यकर्तालाई पैसा बाँड्न मिल्छ ? नयाँ पार्टी जनताले बनाउने विषय हो । पैसाले होइन । मुख्यमन्त्रीज्यू धेरै चिन्ता नगर्नुस् ? कार्यकर्तालाई खुसी बनाउन पैसा बाँड्ने काम नगर्नुहोला । यस्तो बेतिथियुक्त काम नगर्नुस् ।’
उहाँले सरकार जवाफदेही र पारदर्शी नभएको आरोप समेत लगाउनु भयो । सुरुङमार्ग र विद्युतीय बस सञ्चालनको विषयमा प्रतिपक्षीसँग सहमति नगरी बजेट नकटाउन उहाँले आग्रह गर्नुभयो ।







प्रतिक्रिया