अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीकै दिमाग खुस्केर होस हराएको हुनुपर्छ : भीम रावल

प्रधानमन्त्रीकै दिमाग खुस्केर होस हराएको हुनुपर्छ : भीम रावल


काठमाडौं – अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका नेता भीम रावलबीच जुहारी चलेको छ ।

जुहारी यति उत्कर्षमा पुगेको छ की दुवैले एकअर्कालाई ‘दिमाग खुस्केको’ आरोप लगाएका छन् ।  

एमसीसीलाई राष्ट्रघाती सम्झौता बताउँदै आउनु भएका रावलले यसअघि प्रधानमन्त्री देउवाले विदेशीको दबाब र इशारामा एमसीसी पास गरेको आरोप लगाउँदै आउनु भएको थियो ।

आज किस्पाङ र तादी गाउँपालिकाको प्रशासकिय भवन उद्घाटन गर्न नुवाकोट पुग्नु भएका देउवाले त्यहींबाट रावललाई जवाफ दिनु भएको हो ।

‘भीम रावल रक्षामन्त्री भएको बेला एमसीसी सम्झौता मन्त्रिपरिषद्बाट पारित भई संसदमा ल्याएको, अहिले विरोध गरेर दुईजिब्रे कुरा गर्ने, त्यसबेला राजीनामा किन नगरेको । त्यसबेला दिमाग खुस्केको थियो,’ प्रधानमन्त्री देउवा एमाले नेता रावल माथि खनिनु भएको थियो ।

प्रधानमन्त्री देउवाको उक्त भनाई आउने वित्तिकै नेता रावलले आज नै सामाजिक सञ्जाल ट्वीटर मार्फत उहाँलाई जवाफ दिनु भएको थियो ।

‘म केपी ओलीजी पहिलो पटक प्रधानमन्त्री भएको बेला उपप्रधानमन्त्री र रक्षामनत्री थिएँ । रावलले ट्वीटरमा लेख्ननु भएको छ ‘यस्तो सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुट बोल्ने प्रधानमनत्रीको या त आफ्नै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहित विरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ ।’

प्रधानमन्त्री देउवाले नुवाकोटामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एमसीसीका सम्बन्धमा ‘किन रावललाई मात्र टाउको दुख्छ ?’ भनि प्रश्न गर्नु भएको थियो ।

रावलले ट्वीटर मार्फत प्रधानमन्त्रीलाई उक्त प्रश्नको जवाफ फर्काउनु भएको छ, ‘नेपालको संविधान, देश र जनतासामु राष्ट्रिय स्वाधीनता र हितको पक्षमा कसैको डर नमानी काम गर्ने शपथको विपरीत एमसीसी सम्झौताका देशघाती प्रावधानको निहित स्वार्थका लागि अन्ध समर्थन गर्ने, संसद नियमावली र संविधान मिचेर, जनआवाजमाथि दमन गरेर बाह्य शक्तिलाई रिझाउन होहल्लाको बीचमा सम्झौता अनुमोदन गराउने, महाकाली र कर्णालीमा देशघात गर्न नहच्किने तपाईको जस्तो चरित्र नभएकोले म जस्तो देशभक्त नागरिकको राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर ‘टाउको दुखेको’ हो ।’

एमाले नेता रावलले एमसीसीको विषयमा थप छलफल गर्न प्रधानमन्त्री देउवाले चाहेमा आपूm तयार रहेको समेत बताएका छन् । उनले प्रधानमन्त्री भएर तुच्छ शब्दको प्रयोग नगर्न पनि चेतावनी दिएका छन् । उनले पदीय मर्यादा जोगाउन प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन् ।