अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनबाट मधेशलाई मुक्त गरौं : प्रभु साह

गठबन्धनबाट मधेशलाई मुक्त गरौं : प्रभु साह


रौतहट – नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले वर्तमान गठबन्धन सरकारलाई झुट र ठगको संज्ञा दिनु भएको छ ।

रौतहटको माधव नारायण नगरपालिका, माधोपुरमा आयोजित नगर अधिवेशनलाई सोमबार सम्बोधन गर्दै पूर्वमन्त्री साहले भ्रष्टाचार र लुटतन्त्रमा लिप्त गठबन्धनका कारण राजनीति गन्हाएको बताउनु भयो । यसै सन्दर्भमा, यो गठबन्धनबाट मधेशलाई मुक्त गर्नुपर्ने समेत बताउनु भयो ।

सो अवसरमा माधव नारायण नपा वडा नम्बर ३ का वडाअध्यक्ष राजकुमार यादव, रजवाडाका चर्चित नेता सिजय सिंह, यमुनामाई गापाका कांग्रेसका प्रभावशाली नेता योगेन्द्र मुखियासहित हजारौं नेता कार्यकर्ताले विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नु भएको छ ।

पूर्वमन्त्री साहले गठबन्धन सरकार आएदेखि देशमा अराजकता, बेथिति, महङ्गी, लुटपाट-अपराध र अराजक जस्ता गतिविधि बढेको बताउँदै यसलाई बिदाई गर्नुपर्ने बताउनु भयो ।

गठबन्धनले केन्द्रदेखि स्थानीय तहसम्म एमाले सरकारले अगाडि बढाएका जनमैत्री कार्यहरु रोक्ने काम गरिरहेको उहाँले आरोप लगाउनु भयो । उहाँले लोकतान्त्रिक प्रक्रियाबाट नभई अदालतको सेटिङबाट जन्मिएको गठबन्धन सरकारले लोकतान्त्रिक मुल्य र मान्यतालाई बिर्सेको टिप्पणी गर्नुभयो ।

नेता साह भन्नुहुन्छ– ‘गठबन्धन सरकारले खुलेआम लोकतन्त्रको हत्या गरिरहेको छ । दुनियाँमा लोकतन्त्र मान्ने देशमा जनताले प्रतिनिधिमार्फत सरकार बनाउँछ । तर हाम्रो देशमा जनविरोधी तत्वहरु सम्मीलित गठबन्धनलाई अदालतको सेटिङमा सरकार बनाइएको छ’, उहाँले भन्नुभयो, ‘सरकार बनाए वापत न्यायाधीशलाई मन्त्री पद दिइरहेका छन्। अदालतले सघाएसम्म ठीक पछि महाअभियोग लगाउने काम पनि यही गठबन्धनले गरिरहेको छ।’

आवधिक चुनाव नगर्ने, न्यायाधीशलाई सेटिङ गरेवापत मन्त्री पद दिने, भ्रस्टाचार गर्नेलाई जोगाउन आन्दोलन गर्ने गठबन्धनलाई अविलम्ब बिदाइ गर्नुपर्ने साहले बताउनु भयो ।