अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोकतान्त्रिक समाजवादी पार्टीका नेता प्रल्हाद गिरी एमाले प्रवेश गर्दै

लोकतान्त्रिक समाजवादी पार्टीका नेता प्रल्हाद गिरी एमाले प्रवेश गर्दै


काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं मधेस प्रदेश सभा सदस्य प्रल्हाद गिरी नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा हुनुहुन्छ ।

हिजोआज देशभर नेकपा एमालेमा प्रवेश गर्ने लहर चलिरहेको बेला मधेस प्रदेशका जसपा र लोसपा पार्टीका नेताहरू पनि एमालेमा प्रवेश गर्दै आएका छन् । यसैबीच लोसपाका नेता एवं मधेस प्रदेशसभा सदस्य प्रल्हाद गिरीले एमालेमा प्रवेश गर्न लाग्नुभएको हो ।

गिरीसहित पाँच सय भन्दा बढी नेता कार्यकर्ता लिएर एमाले पार्टी प्रवेश गराउने भएपछि कार्यक्रमको समय मिलाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । नेता गिरी मधेस प्रदेशका प्रभावशाली नेता मानिन्छन् ।

अध्यक्ष ओली र नेता गिरीबीच अर्थपूर्ण कुराकानी भएको र त्यसको बारेमा सबैले चाँडै थाहा पाउने नेकपा एमाले वीरगञ्ज महानगर कमिटीका उपाध्यक्ष महेश दासले जानकारी दिनु भयो । उहाँले नेता गिरी एमालेकै पूर्व नेता भएको भन्दै एमाले प्रवेशको तयारी चलिरहेको जानकारी दिनुभयो ।