अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउँछ : ईश्वर पोखरेल

आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउँछ : ईश्वर पोखरेल


जनकपुरधाम – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी वैशाख ३० गते हुने निर्वाचनमा एमाले एक्लैले बहुमत प्राप्त गर्ने दावी गर्नु भएको छ ।

आज जनकपुरधाममा नेपाल कम्युनिष्ट पार्टी एमालेको सातौं धनुषा जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै पोखरेलले आगामी निर्वाचनमा एमालेले एक्लैले बहुमत प्राप्त गर्ने दावी गर्नु भएको हो ।

नेता पोखरेल एमालेलाई बहुमत प्राप्त पार्टी बनाउन कसैसँग तालमेलको आवश्यक नरहेको जिकिर गर्नुभयो। उहाँले एमाले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकताको खिलाफमा उभिने पार्टी बनेर देखाउने पनि बताउनु भयो ।

उहाँले एमालेलाई मजबुत पार्टी बनाई देश विकासतर्फ लानुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो ।