अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल र साउदी अरवबीच आज द्विपक्षीय बैठक

नेपाल र साउदी अरवबीच आज द्विपक्षीय बैठक


काठमाडौं- नेपाल र साउदी अरवबीच आज द्विपक्षीय बैठक बस्दैछ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहान ९:१५ बजे बैठक सुरु हुने जनाइएको छ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नेछन् भने साउदी अरवको नेतृत्व साउदीका बिदेशमन्त्री तथा साउदी राजकुमार फैसल बिन फरहान अल साउदले गर्नेछन् ।

बैठकमा नेपाल र साउदी अरव सम्बन्धका सबै आयामहरुमा छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठक सकिएपछि आज नेपाल र साउदीबीछ जनरल कोअप्रेसन एग्रीमेन्टमा हस्ताक्षर हुने जनाइएको छ।

बैठकमा सहभागी हुन साउदी बिदेशमन्त्री सोमबार काठमाडौं आइपुगेका हुन् । उनले आज रास्ट्रपति र प्रधानमन्त्रीसँग शिस्टाचार भेट गर्नेछन् ।