अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तहको निर्वाचनको तयारीका लागि आज एमाले सचिवालय बैठक बस्दै

स्थानीय तहको निर्वाचनको तयारीका लागि आज एमाले सचिवालय बैठक बस्दै

बैठक दिउसो ३ बजे,अध्यक्ष ओली निवास बालकोटमा


काठमाडौ – दुई महिना पछि हुन लागेको स्थानीय तहको निर्वाचनको तयारीको रणनीति बनाउन नेकपा एमालेको सचिवालयको बैठक आज बस्ने भएको छ ।
केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार दिउसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सचिवालय बैठक हुन आयोजना गरिएको छ । बैठकले केन्द्रीय कमिटी बैठकको मिती तय गर्नेछ । केन्द्रीय कार्यलयले चैत ९ र १०लाई केन्द्रीय कमिटी बैठकको प्रस्ताव गरेको छ । आजको बैठकमा हुने केन्द्रीय कमिटीको बैठकका एजेण्डा,स्थानीय तहको निर्वाचनको तयारी,देशैभरी आयोजना गरिने प्रशिक्षणको कार्यतालिका र स्थानीय तहको पाँच वर्षे कार्यकालको समिक्षा आदि विषयमा छलफल हुने अधिकारीले जानकारी दिनुभयो ।