अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनआईसी एसिया बैंकको सर्वश्रेष्ठ (स्थानीय) वचत खातामा उत्साहजनक सहभागिता

एनआईसी एसिया बैंकको सर्वश्रेष्ठ (स्थानीय) वचत खातामा उत्साहजनक सहभागिता


काठमाडौं– एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ (स्थानीय) वचत खातामा ग्राहकहरुले देखाएको सदासयताप्रति कृतज्ञता व्यक्त गरेको छ ।

एनआईसी एसिया बैंकले भनेको छ, ‘बैंक र यसका विविध सेवा सुविधाहरू प्रति देखाउनु भएको विश्वास, सदाशयता एवं हार्दिकताको लागि यहाँहरू प्रति कृतज्ञता व्यक्त गर्दछौं । बैंक माथि दर्शाउनु भएको यस प्रकारको आड भरोसाको हामी उच्च मूल्यांकन गर्दै आज एउटै परिवारमा समाहित भई यहाँहरूको मन एवं मुटुको बैंक बन्न पाउँदा थप हर्षित भएका छौं । यस प्रकारको हार्दिकतालाई अझ बढी विश्वसनीय, सहज र सबल बनाउने उद्देश्यका साथ हामी यहाँहरूको स्थानीय जनताहरूलाई नेपालकै सहज बैंकिङ्ग सेवा प्रदान गर्ने उच्च अभिलाषाका साथ हाम्रो नयाँ योजना सर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्दती खाता’ लिएर यहाँहरू माझ उपस्थित भएका छौं ।’

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेका अनुसार ग्राहकको साथ र सहयोगमा स्थानीय क्षेत्र भित्र बसोबास गरेका आम स्थानीय जनसमुदायहरूलाई दैनिक आर्थिक क्रियाकलापमा सहजता ल्याउने एवं आर्थिक उन्नति एवं भलाईको उद्देश्यले सर्वश्रेष्ठ स्थानीय बचत खाता सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले स्थानीय जनताहरूलाईं यस प्रकारको खाता खोल्न अभिप्रेरित गर्न ग्राहक महानुभावले आफ्नो ठाउँबाट विशेष पहल गर्ने अपेक्षा पनि गर्नुभएको छ ।

प्रमुख कार्यकारी अधिकृत न्यौपानेले सर्वश्रेष्ठ (स्थानीय) वचत खाता अन्य प्रकारका बचत खाता भन्दा १० गुणा बढी फाइदाहरू रहेको बताउनुभएको छ । ‘यस बचत खातामै ८४ लाख रुपैयाँसम्मको बीमा योजना समेटिएकाले यस प्रकारको वचत खाता नेपाली बैंकिङ्ग क्षेत्रकै पहिलो पटक २४ विशेष फाइदाहरू समेटी सञ्चालनमा ल्याइएको नविन वचत खाता हो । अतः यस प्रकारको खाता योजना ल्याई स्थानीय जनताहरूको सेवा गर्ने अवसर प्रदान गर्नु हुने नै छ भन्ने विश्वास र भरोसा बैंकले लिएको छ,’ न्यौपानको भनाइ छ ।

स्थानीय स्तरका जनताहरूको आर्थिक एवं सामाजिक उन्नतीमा उल्लेखनीय उपलब्धि हासिल गर्ने बैंकको विश्वास छ ।

‘सर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्धती खाता खोल्दा बैंकमा कुनै पनि प्रकारको शुल्क लाग्दैन । यसका साथै ५ वर्षसम्म सेवा तथा सुविधामा निःशुल्क भएकाले पनि स्थानीय क्षेत्रका ग्राहकलाई सेवा प्रस्ताव गर्न पाउँदा बैंकले समाज र राष्ट्रप्रति थप सामाजिक उत्तरदायित्व वहन गरेको अनुभूति गरेको छ ,’ न्यौपानेले भन्नुभयो ।

एनआईसी एसिया बैंकले आफ्ना सेवा र सुविधालाई थप ग्राहकमैत्री बनाउन हरेक प्रकारको बैंकिङ्ग समस्या घरबाटै समाधान गर्न सक्ने प्रविधि विकास गरेको छ । ग्राहकले खाता सञ्चालनमा कुनै समस्या परेमा वा कुनै गुनासा र जिज्ञासा भएमा यहाँहरूको नजिक रहेको हाम्रो शाखा एवं त्यस शाखाका शाखा प्रबन्धकलाई प्रत्यक्ष सम्पर्क आफ्ना समस्या समाधान गर्न वा जिज्ञासा मेटाउन सक्ने बैंकले जनाएको छ ।

बैंकले ग्राहहरूलाई सधैं छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यले नेपालको बैंकिङ्ग क्षेत्रमा नै पहिलोपटक Guaranteed Experience Framework नीति तयार गरि लागू गरेको छ । जसअन्तर्गत बैंकले प्रत्येक बैंकिङ्ग सेवा प्रदान गर्ने निश्चित समय सिमा निर्धारण गरी सोही समयमा ग्राहकद्वारा अनुरोध गरिएको सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ ।

बैंकका सेवा तथा सुविधा सम्बन्धी प्रक्रियागत एवं डिजिटल बैंकिङ्ग च्यानलहरूमा ग्राहकले भोगेका प्राविधिक समस्याहरूको यथासिघ्र समाधान तथा यहाँको सेवा सम्बन्धी जिज्ञासाको यथोचित सम्बोधनका लागि बैंकको मोबाइल बैंकिङ्ग एपमा रहेको Customer Care मार्फत हामीमाझ जोडिन सकिनेछ ।

ग्राहकको गुनासोको सुनुवाई तथा Progress Tracking को सुविधा समेत सो एपमार्फत उपयोग गर्न सक्नुहुनेछ । साथै, बैंकका सेवा तथा सुविधाहरुबारे बुझ्न ०१–५९७०१०१ र टोल फ्री नं. : १६६०–०१–७७७७१ मा सिधा सम्पर्क गर्न सक्ने जनाइएको छ ।

‘बैंकले ग्राहकलाई पत्र मार्फत स्थानीय सवै नागरिकका प्रत्येक आर्थिक क्रियाकलापहरू बैंकिङ्ग च्यानलहरूबाट मात्र सञ्चालन गर्ने उद्देश्य साथै स्थानीय जनताहरूको आर्थिक, सामाजिक, राजनीतिक उन्नति प्रगतीका साथ उहाँहरुको विशेषतः आर्थिक सवलीकरण मार्फत बैंक खातासँगै विविध अतुलनीय फाइदाहरू रहेको छ,’ एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरुलाई भनेको छ, ‘यस प्रकारको बैंक खाता सञ्चालन गरी ग्राहकहरूको स्थानीय क्षेत्र भित्रका प्रत्येक नागरिकलाई नै सम्बोधन गर्ने गरी ल्यार्ईएको यस प्रकारको खाता “सर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्दती खाता” खोल्ने हाम्रो यस महान् अभियानमा ग्राहकहरुले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरीदिनु हुनेछ भन्ने बैंकको अपेक्षा छ । यहाँहरूले हामीहरूलाई एक पटक पुनः सेवा गर्ने अवसर प्रदान गरि यहाँहरूको क्षेत्र भुगोलमा वसोवास गर्नुहुने सम्पूर्ण स्थानीयहरू प्रतिको यो गहन जिम्मेवारीमा यो सानो कदमले केही सहयोग हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।’