अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनाव लक्षित कार्यक्रम लिएर गाउँ गाउँमा राजनीतिक दल

चुनाव लक्षित कार्यक्रम लिएर गाउँ गाउँमा राजनीतिक दल


जुम्ला – आगामी स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जुम्लाका राजनीतिक दल गाउँमा प्रवेश गर्न थालेका छन् ।

जुम्लामा एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका अन्य साना दलका नेताहरू चुनाव लक्षित कार्यक्रम लिएर गाउँमा छिरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष वीरबहादुर कुँवरले निर्वाचनका कार्यक्रमअघि बढिसकेको बताउनु भयो । उहाँनका अनुसार ५ चैतदेखि औपचारिक निर्वाचन प्रचारप्रसारका काम अघि बढाउन थालिएको छ । उहाँले भन्नुभयो, ‘गाउँमा भेटघाट कार्यक्रमलाई तीव्र पारिएको छ । हरेक मतदाताको दैलोमा पुग्ने पार्टीको रणनीति छ ।’

माओवादी केन्द्रले जिल्ला समन्वय समितिको बैठक बसेर एक चरण गाउँसम्म पुगिसकेको जनाएको छ । पहिलो चरणमा आम मतदाताको अवस्था बुझ्ने काम भएको छ । एमसीसीबारे माओवादी केन्द्रको धारणासमेत तल्लो कमिटीसम्म पु¥याउने काम गरिरहेको छ ।

जिल्लाका एक नगरपालिकासहित सात गाउँपालिकामा चुनाव लक्षित कार्यक्रम भइरहेको दलहरुले बताएका छन् । एमालेका जिल्ला अध्यक्ष शान्तिलाल महतले पनि औपचारिक रुपमा चुनावी प्रचार अभियानमा गाउँमा प्रवेश गरिसकेको बताउनु भयो ।

चुनावी अभियानसहित स्थानीय तहमा भेला, गोष्ठी, संगठन विस्तारको अभियान चलाइएको एकीकृत समाजवादी पार्टीका जिल्ला सचिव आदिप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

कांग्रेसले ‘घरघर जाऔँ, नेपाली कांग्रेस जिताऔँ’ अभियानसहित चुनावी तयारीमा जुटेको कांग्रेस उपसभापति कार्मा बुढाले जानकारी दिनु भयो ।

सरकारले आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ ।