अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोस्रो विवाह गर्दै कनिका कपुर

दोस्रो विवाह गर्दै कनिका कपुर


काठमाडौं – बलिउड गायिका कनिका कपुर दोस्रो विवाह गर्ने तयारीमा हुनुहुन्छ ।

कनिका यही मेमा गौतम नामका एनआरआई व्यापारीसँग विवाह गर्दै हुनुहुन्छ । उहाँको पहिलो विवाह पनि एनआरआई व्यापारीसँग नै भएको थियो । तर, विवाहको लामो समयपछि उहाँहरू अलग्गिएका थिए ।

कनिका र गौतम विगत एक वर्षयता डेटमा छन् । उहाँहरु लण्डनमा विवाह गर्दै छन् । यद्यपि कनिकाले विवाहको खबरलाई अस्वीकार गर्नु भएको छ । यो जोडीको पहिलो भेट लण्डनको कुनै एक कन्सर्टमा भएको अनुमान लगाइएको छ ।

कनिकाले सन् १९९७ मा लण्डनमा बस्दै आएका एनआरआई व्यापारी राज चण्डोकसँग विवाह गरेकी थिइन् । उनीहरुले सन् २०१२ मा सम्बन्धविच्छेद गरेका थिए । उनीहरूको तीन सन्तान छन् । गायिका कनिका सुपरहिट गीत ‘बेबी डोल’बाट चर्चामा आएकी हुन् ।