अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद निर्णय : संसद अधिवेशन अन्त्य गर्न सिफारिस

मन्त्रिपरिषद निर्णय : संसद अधिवेशन अन्त्य गर्न सिफारिस


काठमाडौं – सरकारले स‌ंघीय संसद् चालु १०औँ अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको बैठकले म‌ंगलबार मध्य राति १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार सूचना प्रविधिमन्त्रि ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन अन्त्य गर्ने स‌ंवैधानिक व्यवस्था छ । हालै संसद् बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गरेको थियो ।