बागलुङ – बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ६ का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष जिवक कुमार पुन मगर एमालेमा प्रवेश गर्नु भएको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा उहाँले कांग्रेसबाट उम्मेदवार भएका पुनले ३८५ पाएर विजय हुनु भएको थियो । त्यसबखत वडामा एमाले तेस्रो स्थानमा थियो । त्यसैले पुनको प्रवेशलाई एमालेले निकै महत्वका साथ हेरिएको छ ।
आज बुर्तिवाङमा आयोजित राष्ट्रिय युवा संघको ढोरपाटन नगरस्तरीय भेलामा पुनसहित कांग्रेसका कार्यकर्ताहरु शिखर पुन, समवहादुर अदै, मिलन अदै, मदन घर्ती लगायत एमालेमा प्रवेश गर्नु भएको हो । सोही कार्यक्रममा माओवादीबाट स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नुभएकी निरुता घर्तीमगरसहित एमालेमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई एमालेका गण्डकी प्रदेश कमिटी सदस्य तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले स्वागत गर्नु भयो ।







प्रतिक्रिया