अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय निर्वाचनलाई एक लाख म्यादी प्रहरीको भर्ना खुल्यो, आवेदन दिने म्याद चैत ११ सम्म

स्थानीय निर्वाचनलाई एक लाख म्यादी प्रहरीको भर्ना खुल्यो, आवेदन दिने म्याद चैत ११ सम्म


काठमाडौं – सरकारले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाएको छ।

निर्वाचनका लागि एक लाखजना म्यादी भर्ना गर्ने सरकारको तयारी छ। मंगलबार साँझ प्रहरी प्रधान कार्यालयल‍े भर्ना खुलाएको हो ।

१८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आगामी चैत ६ गतेदेखि ११ गतेसम्म निवेदन दिन सक्ने छन्। म्यादी प्रहरीले प्रहरी जवानको सेवा सुविधा बराबर ४० दिनको तलब पाउनेछन् ।

कार्यालय खुला भएको दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट म्यादी प्रहरीका लागि आवेदन दिन सकिने छ ।

म्यादी प्रहरीले प्रहरी जवान सरह सुविधा पाउने छन्। छनौट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ।

चैत १५ गतेदेखि छनोट प्रारम्भ हुने, चैत २२ गतेसम्म छनोट सम्पन्न गर्ने र चैत २८ गतेदेखि प्रशिक्षण सुरु गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।