भक्तपुर- नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित गरेको छ ।
आज साँझ बसेको केन्द्रीय सचिवालयको बैठकले उम्मदेवार सिफारिसको मापदण्ड पारित गरेको हो ।
एमालेले वडाध्यक्ष र सदस्यहरुको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले टिकटको निर्णय गर्ने विधि तय गरेको छ । विगतमा जस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको सिफारिस जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने भएको छ ।
त्यस्तै महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टिकट केन्द्रबाट दिइने र त्यसको सिफारिस जिल्ला र प्रदेश कमिटीले गर्ने छन् ।
सचिवालयको बैठकमा स्थानीय चुनावकै बारेमा केन्द्रित रहेर छलफल भएको र अब केन्द्रीय कमिटी बैठकले राजनीतिक प्रतिवेदनसहित दिशा निर्देशन गर्ने निर्णय भएको छ ।








प्रतिक्रिया