काठमाडौं– अभिनेत्री करिश्मा मानन्धरले एमाले प्रवेश गर्ने तयारी गर्नुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर मानन्धर आगामी वैशाख ९ गते एमाले प्रवेश गर्ने तय भएको हो ।
मानन्धरले आफू एमाले अध्यक्ष केपी शर्मा ओलीबाट प्रभावित भएको सार्वजनिकरुपमा नै लेख्नुभएको थियो । उहाँले यसबीचमा पटक पटक अध्यक्ष ओली र एमाले नेताहरुसँग भेट गर्नुभएको छ ।
मानन्धर डा। बाबुराम भट्टराईको नेतृत्वको तत्कालीन पार्टी नयाँ शक्ति नेपालबाट पार्टी राजनीतिमा सक्रिय भए पनि केही समयपछि अलग हुनुभएको थियो ।







प्रतिक्रिया