अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओली सरकारले गरेको गरेको सम्झौता कार्यन्वयन गर्न प्रकाण्डको माग

ओली सरकारले गरेको गरेको सम्झौता कार्यन्वयन गर्न प्रकाण्डको माग


काठमाडौं -केपी ओली नेतृत्वको सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न माग गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्ग विश्वकर्मा ‘प्रकाण्ड’ ले बुधबार प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट गरेका छन्।
तत्कालीन नेकपा नेतृत्वको सरकारसँग भएको तीनबुँदे सहमतिका सम्बन्धमा नेकपा प्रवक्ता प्रकाण्डले बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँँणसँग भेटवार्ता गरेका हुन्।
उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको हो।

‘नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटवार्ता । २०७८ चैत्र २,’ उनले तस्बिरसँगै लेखेका छन्। भेटमा भएको छलफलबारे भने केही खुलाइएको छैन।
गत फागुन २० गते ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच ३ बुँदे सहमति भएको थियो। त्यसको १ दिनपछि समारोह आयोजना गरी सरकारले सहमति सार्वजनिक गरेको थियो।

सरकारसँग भएको सम्झौतासँगै सशस्त्र संघर्ष छाडेर ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मूलधारको राजनीतिमा आएको हो।