काठमाडौं – नवलपरासी बर्दघाट सुस्ता पुर्वको देवचुली नगरपालिका–१५ धौलागिरी चोकमा बुधबार बिहान बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बसमा सवार रुपन्देही खैरेनी सुर्यापुरा गाँउपालिका–३ का ३७ वर्षीया मायादेवी पाण्डे रहेका छन्।
गम्भीर घाइते हुनु भएकी पाण्डेको उपचारको क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा बुधबार बिहान साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका बसमै सवार मायादेवीका श्रीमान् ४२ वर्षीय मणिराम पाण्डेको सोही अस्पतालमा उपचार भइरहेको छ ।
४२ जना यात्रु लिएर काठमाडौंबाट बुटवल तर्फ जाँदै गरेको लु २ ख ४३१९ नम्बरको बस बिपरीत दिशाबाट आँउदै गरेको ना ६ ख १७२१ नम्बरको ट्रकसँग बुधबार बिहान पौने ६ बजे ठोक्किएका थियो ।
दुबै सवारीसाधन सहित चालकहरु जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वको नियन्त्रणमा रहेका छन् ।







प्रतिक्रिया