अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

व्यक्तिगत युट्युब च्यानललाई नियन्त्रण गर्न खोजेको होइन : सचिव अर्याल

व्यक्तिगत युट्युब च्यानललाई नियन्त्रण गर्न खोजेको होइन : सचिव अर्याल


काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सरकारले व्यक्तिगत युट्युबलाई नियन्त्रण गर्न नखोजेको प्रष्टीकरण दिनु भएको छ ।

आज विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले व्यक्तिगत युट्युब च्यानलमा सरकारले हस्तक्षेप नगर्ने तर सञ्चार माध्यमको रुपमा सञ्चालित युट्युब टेलिभिजनहरु कानुनको दायरामा आउनुपर्ने बताउनु भयो ।

सचिव अर्याल भन्नुहुन्छ, ‘अहिले म बोलिरहेको छु । कसैले भिडियो खिचेर आफ्नो युट्युबमा अपलोड गर्न पाउनुहुन्छ । त्यसको लागि कुनै नियन्त्रण गर्न भएन । तर, जसले म मिडिया हो भनेर क्लेम गर्छ। त्यसलाई नियन्त्रण गर्नुपर्छ ।

अभिव्यक्ति स्वतन्त्रता र वाक स्वतन्त्रताले व्यक्तिगत गोपनीयताको अधिकार हनन गर्न सक्ने भएकाले नियन्त्रण गर्न खोजिएको अर्यालको भनाइ छ । पैसा तिरेर जे पनि गर्न पाइने भन्दै प्रश्न सोध्न थालिएको भन्दै सचिव अर्यालले दर्ता भएपछि कानून अनुसार चलाउनको लागि नियमन गर्न लागिएको बताउनु भयो।