अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न्यायपालिकालाई अस्थिर र नियन्त्रित बनाउने प्रयासको एमालेले भण्डाफोर गर्ने

न्यायपालिकालाई अस्थिर र नियन्त्रित बनाउने प्रयासको एमालेले भण्डाफोर गर्ने


काठमाडौं – सत्ता गठबन्धनले न्यायपालिकालाई अस्थिर र आफ्नो नियन्त्रणमा राख्ने काम गरेको भन्दै एमालेले त्यसको भण्डाफोर गर्ने भएको छ ।

आज बसेको संसदीय दलको बैठकले सत्ता गठबन्धनले न्यायपालिकालाई आफ्नो नियन्त्रणमा लिने कार्य गर्दै आएको भन्दै त्यसको संवैधानिक तथा कानुनी प्रतिवाद गर्दै भण्डाफोर गर्ने निर्णय गरेको प्रमुख सचेत विशाल भट्टराईले जानकारी दिनु भयो ।

बैठकमा दलका नेता केपी शर्मा ओलीले अदालतलाई आफू अनुकूल चलाउन प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव ल्याएको भन्दै त्यसको भण्डाफोर गर्नुपर्ने बताएका थिए ।

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्ने उद्देश्यले नभई अदालतलाई आफू अनुकूल चलाउन आएको उहाँको भनाइ थियो । जुन कुरा संसद्को अधिवेशन अन्त्य गर्नुले पुष्टि गरेको उहाँको भनाई थियो ।

दलको बैठकमा ओलीले यसको कडा रूपमा प्रतिवाद गर्न निर्देशन दिएका थिए । सबै उपाय अपनाएर न्यायिक स्वतन्त्रता बचाउन एमाले तयार हुनुपर्ने मामा उनको जोड थियो ।

अहिलेको गठबन्धनले अदालतलाई आफ्नो मतियार बनाउने संकेत देखिएको भन्दै त्यसका लागि सबैले जोडदार रूपमा प्रस्तुत हुनुपर्ने बताएका थिए ।

आजको बैठकमा १०औं महाधिवेशनको समेत समीक्षा गरिएको प्रमुख सचेतक भट्टराईले बताए । त्यस्तै आसन्न स्थानीय चुनाव केन्द्रित गतिविधिमा लाग्न समेत पार्टी अध्यक्षबाट निर्देशन भएको उनको भनाई छ । एमालेले निर्वाचनबारे निर्णय गर्न आगामी ९ र १० गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।