सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको भोटेकोशी-४ मा करेन्ट सर्ट हुँदा आगलागी भएको छ । बुधबार पौने ९ बजेको समयमा सिन्धुपालचोकको भोटेकोशी गाउँपालिका-४ गुम्बाडाँडास्थित छिनुर्बु शेर्पाको घरमा अचानक बिजुलीको करेन्ट सर्ट भई आगो लागि भएको हो ।
शेर्पाको इँटा, बालुवा र सिमेन्टले बनेको जस्ताको छानो भएको दुई कोठा भएको एक तले घरमा अचानक बिजुलीको करेन्ट सर्ट भई आगो लागेको सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक कुमार बस्नेतले बताउनु भयो ।
घर पूर्ण रूपमा जली अन्दाजी दश लाख बराबरको क्षति भएको मानवीय तथा चौपाया क्षति नभएको बस्नेतले बताउनु भयो । स्थानीय र प्रहरीको सहयोगमा १५ मिनेटपछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको बस्नेतको भनाई छ ।







प्रतिक्रिया