मेलम्ची – आफ्नै घरको छतबाट लडी सिन्धुखोलामा एक व्यक्तिको मृत्यु भएको छ ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१२ सिन्धुखोलास्थित ६९ वर्षका झम्कनाथ तिवारी बुधबार बिहान साढे ५ बजेको समयमा आफ्नै २ तले पक्की घरको छतबाट लडेका थिए ।
घाइते अवस्थामा उपचारको लागी धुलिखेत अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताउनु भयो । घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको बस्नेतको भनाई छ ।







प्रतिक्रिया