जनकपुरधाम – पछिल्लो एक महिनादेखि बिना यात्रु दिनहुँ गुड्दै आएको नेपाली रेल अब महिनाको १५ दिन मात्रै गुड्ने भएको छ ।
गत फागुन १ गतेदेखि दिनमा एक पटक बिना यात्रुको रेल भारतको जयनगरदेखि जनकपुरधाम हुँदै कुर्थासम्म गुडिरहेको छ । तर, अब महिनाको १५ दिन मात्रै रेल गुडाइने नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिनुभयो । झाका अनुसार अब एक दिन बिराएर रेल चल्नेछ ।
होलीमा रेल बन्द गरिएको र होलीपछि एक दिन बिराएर गुडाइने उहाँले बताउनुभयो ।
रेल गुडाउने अध्यादेश निष्कृय भएका कारण उद्घाटनको मिति निर्धारण हुन नसकेको पनि उहाँले । ‘हामीले आफ्नो तर्फबाट सबै तयारी गरिसकेका छौं,’ झाको भनाइ छ , ‘कर्मचारी नियुक्त भइसकेका छन् । भाडादर पनि निर्धारण गरिसकेका छौं । तर, कानुनको अभावमा यात्रुलाई बोकेर गुडाउन सकिएको छैन ।’
झाले फागुनको दोस्रो साता नै नेपाल र भारतका प्रधानमन्त्रीबाट संयुक्त रुपमा रेलको उद्घाटन गराउने तयारी भएको बताउनुभयो ।





प्रतिक्रिया