सुर्खेत– तामझामसहित एकीकृत समाजवादी पार्टी गठन भए पछि सुर्खेतमा करिव करिव रित्तो हुने अवस्था आएको छ ।
वडाध्यक्षसहित पार्टीका पुराना नेताहरु धमाधम एमाले फर्किन थालेका छन् ।
समाजवादी पार्टीका भेरीगंगा नगर कमिटी अध्यक्ष लालमणि पौडेलले नै पार्टी छाडिसक्नुभएको छ । वीरेन्द्रनगर पालिका वडा नं १० का अध्यक्ष एवम् समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य रत्न बुढाले पनि समाजवादी त्याग्नुभयो ।
विभाजनलाई थारु समुदायका प्रभावशाली नेता पार्टी प्रदेश कमिटी सदस्य जागुराम थारु, कृष्णबहादुर थापा र विमला थापालगायतका व्यक्तिहरु एमाले फर्किनुभएको छ । वीरेन्द्रनगर वडा नं १० का वडा सदस्य सुनिता चौधरीले पनि एमाले रोज्नुभयो ।
पूर्व एमाले नेता कार्यकर्ताहरु क्रमशः एमाले फर्कन थालेपछि जिल्लामा समाजवादी पार्टीले आगामी चुनावमा उम्मेदवार नै नपाउने अवस्था आएको छ ।
पार्टी विभाजनका बेला एकीकृत समाजवादी रोजेका वीरेन्द्रनगर १० अध्यक्ष बुढाले पनि एमाले छाडेकोमा पश्चाताम लागेको प्रतिक्रिया दिनुभएको छ ।
समाजवादी पार्टीमा कर्णाली प्रदेशका सिनियर नेता शिवप्रसाद उपाध्यायलाई राष्ट्रिय सभा जानबाट रोकिएपछि उहाँले पनि छिट्टै एमाले फर्केको घोषणा गर्ने तयारी गर्नुभएको छ ।
प्रतिक्रिया