अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्युत अझै सस्तो हुन्छ : कुलमान घिसिङ

विद्युत अझै सस्तो हुन्छ : कुलमान घिसिङ


परासी – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा विद्युतको मूल्य अझ सस्तो हुने बताउनु भएको छ ।

पश्चिम नवलपरासीको सुनवलस्थित सूर्यवस्तीमा निर्माण सम्पन्न भएको बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन तथा २२०/१३२ केभी न्यू बुटवल सवस्टेशनको उद्घाटन कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । उहाँले प्राधिकरण विगत ५ वर्षदेखि नाफामा रहेकाले सस्तो बनाउन कुनै समस्या नरहेको समेत बताउनु भयो ।

‘नेपालको विद्युत अहिले पनि महङ्गो छैन । अहिले १/२ रुपैयाँ महंगो तिर्दैमा केही हुन्न। त्यसको प्रतिफल पाइन्छ नै’, उहाँले भन्नुभयो ।

चौबिसै घण्टा विद्युत आपुर्तिका लागि लगानी चाहिने र त्यसका लागि समस्या पनि नरहेको उहाँले बताउनु भयो । ‘विद्युतमा वार्षिक १० देखि १२ अर्ब रुपैयाँ लगानी गरेका छौं। अहिले ग्रामीण जनताले ३० रुपैयाँमा विद्युत उपभोग गरेका छन्। त्यसलाई अझ सस्तो बनाउने गरी लागेका छौं’, उहाँले भन्नुभयो ।

सुनवलको सूर्यवस्तीमा निर्माण भएको सवस्टेशनमा पुनः ३३ र ११ के।भी।को प्रसारण लाइन बनाउन लागिएकाले यहाँका उद्योग र स्थानीयले केही समयमा सर्वसुलभ विद्युत उपभोग गर्न पाउने उहाँले बताउनु भयो ।