अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ढुंगा लागेर दैलेखमा एक जनाको मृत्यु

ढुंगा लागेर दैलेखमा एक जनाको मृत्यु


दैलेख – दाउरा काट्दै गर्दा भिरबाट खसेको ढुंगो लागेर दैलेखमा एक जनाको ज्यान गएको छ । भगवतीमाई गाउँपालिका-६ वडा कार्यालयका कार्यालय सहयोगी गणेशबहादुर खत्रीको ढुंगो लागेर ज्यान गएको हो ।

बेस्तडा प्रहरी चौकीका अनुसार घर नजिकैको दाडीखोला जंगलमा रुखमा चढेर दाउरा काट्दै गर्दा भिरबाट खसेको ढुंगो टाउकोमा लागेको थियो । घाइते भएका खत्रीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।