अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरका चार उपमेयर भन्नुहुन्छ- राजीनामा दिएर निर्वाचन लड्नु राम्रो हो

ललितपुरका चार उपमेयर भन्नुहुन्छ- राजीनामा दिएर निर्वाचन लड्नु राम्रो हो


ललितपुर – ललितपुरका जनप्रतिनिधिहरूले निर्वाचन आयोगले जनप्रतिनिधिहरूले राजीनामा दिएपछि मात्र उम्मेदवार दिनुपर्ने व्यवस्था ठिक भएको बताएका छन् ।

ललितपुर  महानगरकी उपमेयर गीता सत्याल राजीनामा दिनुपर्ने व्यवस्था सही भएको बताउँनु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘यो व्यवस्था मेरो विचारमा एकदमै राम्रो हो । जनप्रतिनिधिको कुर्सीमा बसेर निर्वाचन लड्नु ठिक होइन ।’

गोदावरी नगरका उपमेयर मुना अधिकारी पनि राजिनामा दिएरै निर्वाचनमा जानुपर्ने व्यवस्थालाई ठीक भएको बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘सरकारी कुर्सीमा बसेर चुनाव लड्दा अरु प्रत्यासीलाई असर पर्ला भन्ने उद्देश्य होला, मलाई ठिकै लाग्यो ।’

दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाकी उपमेयर कमला तामाङ जनप्रतिनिधिले राजिनामा दिएरै निर्वाचनमा जानु उपर्युक्त हुने बताउनु भयो । ‘नेतृत्वले सोचेर नै निर्णय लिएको होला । मलाई ठिक लागेको छ,’ उहाँले बताउनु भयो ।

कोञ्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष मिङ्मा लामा भने पार्टीले टिकट दिएपछि मात्र राजीनामा दिनु उपर्युक्त हुने बताउनु भयो । महालक्ष्मी नगरकी उपमेयर निर्मला थापा भने यस विषयमा बोल्न चाहनु भएन ।