अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

होली खेल्दै सेल्फी खिच्ने क्रममा चार तलाबाट खसेर एक महिलाको मृत्यु, एक गम्भीर घाइते

होली खेल्दै सेल्फी खिच्ने क्रममा चार तलाबाट खसेर एक महिलाको मृत्यु, एक गम्भीर घाइते


काठमाडौँ – होली खेलेर सेल्फी खिच्ने क्रममा आफ्नै घरको चौथो तलाबाट लड्दा एक महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार तारकेश्वर नगरपालिका-५ गोलढुङ्गाकी ४३ वर्षीया जीवनकुमारी खड्काको मृत्यु भएको हो।

हिजो (बिहीबार) होली खेल्दै सेल्फी खिच्ने क्रममा रेलिङ भाँचिएर लड्दा गम्भीर घाइते भएकी उनको नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लडेर घाइते भएकी सोही ठाउँ बस्ने ३८ वर्षीया अन्जु कार्कीको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको समेत प्रहरीले जनाएको छ ।