अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीलाई स्वीकार्दैनौंः पोखरेल

माओवादीलाई स्वीकार्दैनौंः पोखरेल


काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल या गठबन्धन दुवै अहिलेको अवस्थामा सम्भव नभएको बताउनुभएको छ ।

एमाले धादिङको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘त्यस्ता अवसरवादीलाई कसले लिन्छ, एमालेले लिए न मिल्ने हो । यत्रो जनताप्रति घात गर्ने व्यक्तिलाई कांग्रेसले हिर्कायो भने आऊ भन्नेवाला छैनौँ।’

पोखरेलले माओवादी कार्यकर्तालाई भने स्वीकार गर्ने बताउनुभयो । उहाँको भनाइ छ, ‘नेताजति शेरबहादुर देउवाको कार्यकर्ता बन्न जाउन् कार्यकर्ता एमालेतिर आउन् । शेरबहादुर देउवाको फेरो समातेर समाजवादमा पुग्ने रे १ देउवाको फेरो समातेर सत्तामा पुग्न २० प्रतिशत लिएर हाम्रो पार्टीबाट केही हिँडेका थिए।’