अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सैनिक जवान कटुवालको सम्मानका साथ अन्त्येष्टि

सैनिक जवान कटुवालको सम्मानका साथ अन्त्येष्टि


उदयपुर- गैंडाको आक्रमणपछि भाग्ने क्रममा ज्यान गुमाएको सैनिक जवानको उदयपुरको गाइघाटमा सैनिक सलामीका साथ शुक्रबार अन्त्येष्टि गरिएको छ ।

चितवन वन्यजन्तु राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खड्गदल गणमा कार्यरत नेपाली सेनाका एक जवानको गैंडाको आक्रमणपछि भाग्ने क्रममा दलदलमा डुबेर ज्यान गएको थियो ।

निकुञ्ज सुरक्षार्थ खटिएका खड्ग दल गणको साईली माईली पोष्टमा कार्यरत उदयपुरको त्रियुगा नगरपालिका–११ सिद्धार्थ टोलका गाईघाटका २८ वर्षीय पवन कटुवालको ज्यान गएको थियो ।

मृतक कटुवालको शव त्रियुगा नगरपालिका–१२ स्थित त्रियुगा नदी किनारामा रहेको आर्यघाटमा नेपाली सेनाका टोलीले अन्तिम सलामी दिएका थिए ।

मृतक कटुवालको शव सैनिक हेलिकोप्टरद्धारा ल्याइएको थियो । श्रद्धान्जली दिन प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की, प्रदेश सांसद अम्बिका थापा लगायतको उपस्थित थियो ।

बुधबार राति निकुञ्जमा गस्तीमा निस्किएका कटुवाल एक्कासि गैंडासँग जम्का भेट भएपछि गैंडाले आक्रमण गर्दा भाग्ने क्रममा दलदल पोखरीमा डुबेका हुन् । मृतक कटुवालको एक छोरी र श्रीमती छन् ।