अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अपहरण गर्न नक्कली प्रहरी परिचालन, श्रीमानसहित दुई जना पक्राउ

अपहरण गर्न नक्कली प्रहरी परिचालन, श्रीमानसहित दुई जना पक्राउ


संखुवासभा – संखुवासभाको खाँदबारी नगरपालिका-८ मा अपहरण गर्न नक्कली प्रहरी बनेका श्रीमानसहित दुई पक्राउ परेका छन् । खाँदबारीमा पत्रकार सम्मेलन गरेर प्रहरीले शुक्रबार नक्कली प्रहरीलाई सार्वजनिक गरेको हो ।

प्रहरीको बर्दिसहित नक्कली प्रहरी बनेर ठगी गरेको आरोपमा पाँखपन नगरपालिका-४ का अर्जुन तामाङ र रमेशकुमार तामाङलाई नक्कली प्रहरीको पोसाकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले जानकारी दिनु भयो ।

प्रहरीका अनुसार फागुन २७ गते खाँदबारी नगरपालिका-८ की प्रमीला कम्मर सार्कीलाई प्रहरीको भेषमा आएका चार जनाले घरबाट करिब एक सय मिटर पर जंगलमा लगेर प्रमीलाको श्रीमान् रमेश कुमार तामाङलाई जिम्मा लगाएका थिए । प्रहरी प्रमुख सुवेदीका अनुसार पक्राउ परेका रमेशले श्रीमती प्रमीला सार्कीलाई अपहरण गर्न चार जना नक्कली प्रहरी परिचालन गरेको बताउनु भयो ।

त्यसपछि रमेशले आफ्नी श्रीमतीको ज्यान मार्ने प्रयासले शारीरिक तथा मानसिक यातना दिएका थिए । प्रमीलाले भोलिपल्ट जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । उजुरीका आधारमा  प्रहरीले पाँचपन नगरपालिका–४ घर भई खाँदबारी नगरपालिका–९ बस्ने वर्ष ३० को अर्जुन तामाङ र पाँखपन नगरपालिका–४ का प्रमीलाको श्रीमान् वर्ष ३४ का रमेशलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेका रमेशले श्रीमती प्रमीला सार्कीलाई अपहरण गर्न चार जना नक्कली प्रहरी परिचालन गरेको बताएका छन् । योजना बमोजिम रमेश सहित ४ जना फागुन २५ गते काठमाडौं बागबजारबाट नक्कली प्रहरीका पोसाकप्रति जोर प्रतिदिन पाँच सयका दरले भाडामा ल्याएका थिए । पक्राउ परेका रमेश र प्रमीलाबीच विगत ६ महिनादेखि मनमुटाब थियो ।