अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ट्रयाक्टरबाट खस्दा भक्तपुरमा किशोरको मृत्यु

ट्रयाक्टरबाट खस्दा भक्तपुरमा किशोरको मृत्यु


काठमाडौं – भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ कौशलटारमा ट्रयाक्टरबाट खस्दा एक किशोरको मृत्यु भएको छ ।

उदयपुरको गाइघाटका १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । बालुवा र सिमेन्ट घोल्ने मिक्सचर बोकेको ना ७ त २७७४ नम्बरको ट्रयाक्टरबाट उनी शुक्रबार राति ९ः२० बजे खसेका थिए ।

खस्दा गम्भीर घाइते भएका उनको उपचारका लागि ट्रमा सेन्टर लाँदै गर्दा बाटैमा मृत्यु भएको परिसका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिनु भयो ।

उनी सवार ट्रयाक्टर काठमाडौंबाट भक्तपुरतर्फ जाँदै थियो । घटनापछि ट्रयाक्टर चालक २७ वर्षीय रोशन गुरुङ भने प्रहरी नियन्त्रणमा छन् ।