अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाललाई एमाले अध्यक्ष ओलीको कटाक्ष : हामीले दिएको झुम्के बुलाकी फुकाल्नु पर्दैन ?

माधव नेपाललाई एमाले अध्यक्ष ओलीको कटाक्ष : हामीले दिएको झुम्के बुलाकी फुकाल्नु पर्दैन ?


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले लगाएदिएको ‘झुम्के बुलाकी’ लाएरै माधवकुमार नेपालसहितले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका भन्दै कटाक्ष गर्नु भएको छ ।

राजीनामा नदिइ देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएकोतर्फ लक्षित गर्दै भन्नुभयो, ‘उहिले उहिले श्रीमतीले श्रीमान् मन परेन र अर्कोसँग विहे गर्ने मन भए गहना फुकालेर दिन्थे, अनि, हामीले दिएको झुम्के बुलाकी लगाएर जाने ? फुकाल्नुपर्दैन?’

उहाँले देउवा नेतृत्वको सरकारलाई दक्षिणपन्थीको संज्ञा दिनु भएको छ । यस्तो सरकार बनाउन माधव नेपालले संसद्को पछाडि बसेर लुसुक्क–लुसुक्क मत दिएको आरोप लगाउनु भयो ।

अध्यक्ष अ‍ोलीले एमालेको सरकारले गरेको राम्रा काम मात्रै जनतालाई सुनाएर मत माग्न आग्रह गर्नुभयो। सरकारको भने खान मात्रै चिन्ता रहेको टिप्पणी गर्नुभयो ।