अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अदालतले बनाइदिएको सत्ता गठबन्धनलाई जनताको आँगनमा लगेर पछार्नुपर्छ: अध्यक्ष ओली

अदालतले बनाइदिएको सत्ता गठबन्धनलाई जनताको आँगनमा लगेर पछार्नुपर्छ: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले बनाइदिएको सत्ता गठबन्धनलाई चुनावबाट जनताको आँगनमा लगेर पछारिदिने चेतावनी दिनुभएको छ ।

एमाले सम्पर्क समन्वय कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले मुद्दा जितेर आएका झगडियाहरुलाई जनतामा जाने अधिकार नै नरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘यो अदालतले बनाइदिएको गठबन्धन हो । जनताले हो र गठबन्धन बनाइदिएको ? भोटले हो र  ? यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ ।’

अध्यक्ष ओलीले आउने स्थानीय चुनावमा एमालेले बहुमत सिट जित्नै पर्ने बताउनु भयो । नेपाली कांग्रेसलाई अगामी चुनावमा १३ सिटमा मारिदिने ओलीले बताउनुभयो । अध्यक्ष ओलीले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सूर्यमा भोट हाल्न आग्रह गर्नुभयो । अध्यक्ष ओलीले वृद्ध भत्ताको व्यवस्था एमालेले गरेको उल्लेख गर्नुहुँदै जेष्ठ नागरिकको हिसाबले देउवाले सूर्यमा भोट हाल्नुपर्ने तर्क गर्नुभयो ।