अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन गरेर मात्र निर्वाचनमा जाने माधव नेपालको अडानमा झलनाथको काउन्टर :निर्वाचन एक्लै लड्नु पर्दछ

गठबन्धन गरेर मात्र निर्वाचनमा जाने माधव नेपालको अडानमा झलनाथको काउन्टर :निर्वाचन एक्लै लड्नु पर्दछ


काठमाडौं -गठबन्धन गरेर मात्र चुनावामा जाने आफ्नै पार्टीका अध्यक्ष माधव नेपालको अडानलाई चुनौती दिंदै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले स्थनीय निर्वाचन गठबन्धन गरेर होइन आफ्नै शक्तिमा लड्नु पर्ने बताउनुभएको छ ।

आज गुल्मी काठमाडौं सम्पर्क मञ्चले गरेको कार्यक्रममा बोल्दै नेता खनालले अरुको आड लागेर मात्र चुनाव जित्न नसक्ने भन्दै कार्यकर्ताहरुलाई आफ्नै शक्ति विस्तार गर्न लाग्न निर्देशन दिनुभएको छ ।
खनालले स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धनका पाँच दलबीच तालमेलको सम्भवना भए पनि त्यसमा मात्र भर पर्न नहुने बताउनुभयो ।

‘आफ्नो शक्तिमाथि भरोसा गरेर जाने हो । त्यसलाई बलियो बनाउन विस्तार गर्न सकेनौं भने अरुको आड अडेस लागेर अगाडि जान सक्दैनौं’ खनालको भनाइ छ ‘आफ्नो शक्ति कसरी विस्तार गर्ने, हरेक गाउँ हरेक वडा, हरेक गाउँमा हामी कसरी अगाडि बढ्ने ? यसमा ध्यान दिन सकेमा मात्र आउने निर्वाचनमा यथोचित सफलता हासिल गर्न सक्छौं ।’