काठमाडौ -प्रेस चौतारी सिन्धुलीका नेता बुद्धकुमार अछामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शनिवार सिन्धुली जाने क्रममा त्यहाँका स्थानीय द्वन्दपीडित, घाइते, अपांग र बेपत्ता परिवारका सदस्यले कालो झण्डा देखाउने कार्यक्रममा अछामी समाचार संकलन गर्न जानुभएको थियो । सोही क्रममा प्रहरीले अछामीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
यसैबीच अछामीलाई पक्राउ गरेपछि प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले आपत्ती प्रकट गर्नुभएको छ । बस्नेतले अछामीलाई विना शर्त रिहा गर्न सरकारसँग माग गर्नुभएको छ ।







प्रतिक्रिया