अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

दाङ-प्युठान सीमानामा बस दुर्घटना, एकको मृत्यु

दाङ-प्युठान सीमानामा बस दुर्घटना, एकको मृत्यु


दाङ – दाङको सीमा क्षेत्र तथा प्युठानमा शनिवार भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । प्युठानबाट दाङको घोराहीतर्फ जाँदै गरेको यात्रुवाहक बस दाङ–प्युठान सीमानामा क्षेत्रमा दुर्घटना भएको हो।

प्युठानको माण्डवी गाउँपालिका–२ सेतो पहरनजिक दुर्घटना हुँदा एक बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। साथै १२ यात्रु घाइते भएका छन् । ना३ख ७१३२ नम्बरको बस दुर्घटना भएको हो ।

बसमा कति यात्रु थिए अझै पत्ता लागेको छैन । घटनास्थलमा अहिले बंगलाचुली गाउँपालिका दाङका अध्यक्ष भक्तबहादुर वलीसहित स्थानीय उद्धारमा खटिएका छन् ।

दाङ प्युठान सिमाना नजिक भएको उक्त दुर्घटनाका घाइतेलाई अहिले स्थानीयले उद्धार गरी उपचारका लागि मुर्कुटी अस्पतालमा लगिएको छ ।