झापा – नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलले नेपाली कांग्रेसको भरमा समाजवादी व्यवस्था स्थापना असम्भव रहेको बताउनु भएको छ । झापाको कमल गाउँपालिकामा शनिवार भएको कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा नेता खरेलले नेपाली कांग्रेसले नचाहँदा नचाहँदै संविधानमा नेपाल समाज समाजवाद उन्मूख रहने छ भन्ने व्यवस्था समावेश भएको पनि बताउनु भयो ।
पूर्व महान्याधीवक्ता एवम् कानूनमन्त्री खरेलले संवैधानिक रुपमा नेपाली समाजको चरीत्र निर्माणका लागि नेकपा एमालेको भुमिका बुझाउन अझै पनि नसकिएको बताउनु भयो । इतिहासका महत्वपूर्ण कालखण्डमा पार्टीले खेलेको भुमिका र जिम्मेवारी सर्वसाधारण समक्ष पुर्याउन उहाँले कार्यकतालाई निर्देशन समेत दिनुभयो । झापा जिल्ला ईन्चार्ज समेत रहनु भएका नेता खरेलले आगामी निर्वाचनमा जतिसुकै दलीय गठवन्धन भएर एमालेका विरुद्ध आए पनि स्थानीय, प्रदेश र संघीय सरकार मार्फत एमालेले गरेका कामहरुको फेहरिस्त चुनाव जित्नका लागि पर्याप्त रहेको पनि बताउनु भयो ।

गठबन्धनले एमाले हराउनु कुइनाले पहरा फोरे जस्तै : हिक्मत कार्की
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीले पाँच दलीय गठवन्धन बनाएर निर्वाचनमा जाँदा एमालेलाई हराउन सकिन्छ भनेर सोच्नु पहरामा कुईनाले हिर्काए जस्तो मात्र हुने टिप्पणी गर्नु भयो । एमालेले राष्ट्रियता, विकास र जनजिविकाका सवालमा लिएको अडानकै कारण अतालिएकाहरुले संविधान र कानून कुल्चिएर भए पनि गठवन्धन गरेको भन्दै प्रदेश १ का पूर्व आन्तरीक मामिला तथा कानून मन्त्री समेत रहनु भएका नेता कार्कीले प्रतिपक्षी दलका विरुद्ध सरकारले गरेको गठवन्धन संसारमै अनौठो रहेको पनि बताउनुभयो ।

कार्यक्रममा एमाले केन्द्रिय सदस्य समेत रहनु भएकी कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले स्थानीय तहको पहिलो कार्यकालमा गरेका कामहरुको विवरण आगामी निर्वाचन जित्नका लागि प्रमुख आधार रहेको बताउनु भयो । कार्यक्रम कमल गाउँकमिटी अध्यक्ष प्रेमबहादुर पोखरेलको अध्यक्षतामा भएको थियो ।कार्यक्रममा एमाले झापाका सचिव शिव ढुंगेलले झापा जिल्लामा एमालेसँग प्रतिष्पर्धा गर्ने राजनीतिक हैसियत अरु दलहरुसँग नरहेको बताउनुभयो ।








प्रतिक्रिया