अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनमा एमाले १२ बजेको घडीको सुई जस्तो हुनुपर्दछ : मुक्तीराम पाण्डे

निर्वाचनमा एमाले १२ बजेको घडीको सुई जस्तो हुनुपर्दछ : मुक्तीराम पाण्डे


कावासोती – नेकपा एमाले नवलपुरले स्थानीय तह चुनाव केन्द्रीत कार्यक्रम थालेको छ । शनिवार दलदलेमा संघीय क्षेत्र नं. १ र सोही क्षेत्र अन्तरगतको प्रदेश सभा निर्वाचन नं. १ (क) र १(ख) को बैठकबाट एमालेले चुनावी अभियान शुरु गरेको हो । यस अघि फागुन अन्तिमसाता जिल्ला कमिटिको बैठक बसी वडा तह सम्म अभियान लैजान निर्देशन गरेको थियो ।
केन्द्र , प्रदेश र जिल्लाको निर्देशन अनुसार संघीय क्षेत्रीय समन्वय कमिटी र प्रदेश क्षेत्रीय समन्वय कमिटीहरुले स्थानीय तह चुनाव केन्द्रीत कार्यक्रमलाई मतदाता सम्म लैजाने छन् एमाले जिल्ला कमिटी सदस्य विद्रोही गिरीले भन्नुभयो ‘पालिका तथा वडा स्तरमा निर्वाचन परिचालन कमिटी गठन गरेर चुनावमा पार्टीका सबै संयन्त्र परिचालन गर्छौ । ’
पार्टीले कार्यकर्ता प्रशिक्षित गर्दै चुनावमा खटाउछौं नेकपा एमाले का जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले भन्नुभयो–‘ घडीका सुई कतै मोटो कतै सानो हुन्छ तर बाह्र बज्ने बेलामा सबै एकै ठाउँमा हुन्छन् । अहिले एमालेका भावना स्थानीय चुनावमा बाह्र बज्दा घडिको सुई जस्तै एक ठाउँमा हुनुपर्छ’ । बैठकमा एमालेका केन्द्रीय सदस्यत्रय तिलक महत, रबिन्द्र अधिकारी कृष्ण पौडेलले शुभकामना मन्तब्य दिनुभएको थियो । केन्द्रीय सल्लाहकार कमिटिका सदस्य, गण्डकी प्रदेश कमिटिका सदस्यहरु समेतको बैठकमा सहभागीता रहेको थियो ।
संघीय क्षेत्र नं. १ समन्वय कमिटिका संयोजक नारायण तिमिल्सेनाको अध्यक्षता, सह संयोजक रामप्रसाद शर्माको स्वागत र सचिव रामुकान्त अर्यालको सञ्चालनमा भएको थियो । एमालेले आइतवार संघीय निर्वाचन क्षेत्र नं. २ र प्रदेश सभा क्षेत्र नं. २(क) र २(ख) को समन्वय बैठक गर्ने एमालेका कार्यालय सचिव भीमलाल कण्डेलले जानकारी दिनुभयो ।