काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभरिको अवस्था हेर्दा माओवादी पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढेको बताउनुभएको छ । उहाँले तालमेलबिना नै माओवादी फेरि पहिलो पार्टी बन्न सक्ने बताउनुभयो ।
‘०६४ मा ठूला भनेका दलले माओवादीको पाँच सिट आउँछ होला भनेका थिए तर जनताले हामीलाई प्रत्यक्षतर्फ झन्डै बहुमत दिए,’ आज बिहान पोखरामा पत्रकारहरूसँगको कुराकानीमा प्रचण्डले भन्नुभयो, ‘०७४ को परिणाम हाम्रा अगाडि छ। अब ०७९ मा चुनावमा जाँदा देशैभरिको सबै स्थिति हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढेका छौं।’
उहाँले लोकतन्त्र, संविधान र शान्ति प्रक्रिया पूरा गर्नेदेखि जनतालाई अधिकार दिने विषय माओवादीले मात्र पूरा गर्न भएकोले फेरि माओवादी पहिलो पार्टी हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो।





प्रतिक्रिया