बिर्तामोड – राप्रपा झापाका वरिष्ठ उपाध्यक्ष कमल खरेलले पार्टी छोड्नुभएको छ । खरेलले सामाजिक सञ्जालमा पार्टी परित्यागको घोषणा गर्दै राप्रपाको साधारण सदस्य समेत नरहने जानकारी दिनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ दुःखद पनि हुन सक्छ । तर खुशी पनि हुन सक्छ । सबैमा सबैलाई आजबाट म राप्रपा झापा जिल्ला उपाध्यक्ष तथा राप्रपाको साधारण सदस्यसम्म नरहने सबैमा जानकारी गर्दछु ।
झापामा राप्रपाका प्रभावशाली नेता मानिएका खरेलको पार्टी परित्यागको घोषणाले राप्रपामा तरंग मच्चिएको छ । खरेल १० वर्षदेखि राप्रपाको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । दुई कार्यकाल राप्रपा झापाको उपाध्यक्ष पद्मा रहेर काम गरेको बताउँदै उनले राजनीति सक्रियता भने रहि रहने बताउनुभएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनका विश्वास पात्र मानिने खरेलको पार्टी परित्यागको घोषणाले ठुलो क्षति भएको राप्रपा बृत्तमा चर्चा हुन थालेको छ ।







प्रतिक्रिया