झापा- इलामको फिक्कलमा आयोजना हुने पार्टीको जनसभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुग्नुभएको छ ।
काठमाडौंबाट जहाजमा झापा पुग्नुभएका अध्यक्ष ओली भद्रपुरबाट इलामको फिक्कलसम्म गाडीमा जानुहुनेछ । फिक्कल भद्रपुर विमानस्थलबाट करिब ४० किलोमिटर टाढा छ ।
अध्यक्ष ओलीसँग उपाध्यक्ष सुवास नेम्वाङ पनि फिक्कल पुग्नुभएको छ ।
अध्यक्ष ओली आजै काठमाडौं फर्किने उहाँको सचिवालयले जनाएको छ ।





प्रतिक्रिया