अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

तेह्रथुममा १७ वर्षीया किशोरी बलात्कृत

तेह्रथुममा १७ वर्षीया किशोरी बलात्कृत


तेह्रथुम- तेह्रथुममा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा इटहरी उपमहानगरपालिका–४ बस्ने २४ वर्षीय सन्तोष कटुवाललाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

कटुवालले ती किशोरीलाई बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।