अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुनसरीबाट २२१ केजी गाँजा बरामद

सुनसरीबाट २२१ केजी गाँजा बरामद


सुनसरी – बराहक्षेत्र नगरपालिकापा–१ कोशीको भङ्गालोस्थित खयरघारीबाट २२१ किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

शनिबार साँझ प्रहरीले उक्त गाँजा बरामद गरेको हो । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा प्लाष्टिकको ७ वटा बोरामा उक्त गाँजा भेटेको थियो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।