इलाम – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुर्योदयमा सुर्यको जीत निश्चित भएको बताउनु भएको छ ।
इलामको सुर्योदयमा आयोजित बृहत् जनसभा एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुर्यले जित्ने ठाउँ भएकै कारण ठाउँको नाम सुर्योदय भएको बताउनु भयो ।
उहाँले सुर्यलाई जित हासिल गर्न जुनकिरीहरुको जस्तो मोर्चाबन्दी गर्न आवश्यक नरहेको बताउनु भयो । अध्यक्ष ओलीले भन्नुभयो– सिङ्गो देश उज्यालो बनाउने सुर्य हामी छ, हामीले कोहिसँग मोर्चाबन्दी गर्न पर्दैन ।
जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश विकासमा एमाले नै नेतृत्वकर्ता भएको धारणा राख्नुभयो । उहाँले इलामको बाटो विग्रिएको भन्दै चाँडै राजमार्ग सरह व्यवस्थित सडक निर्माण गर्ने बताउनु भयो ।
इलामको नगदे बालीमा केही समस्या देखिएको भन्दै अध्यक्ष ओलीले संरक्षण र बजारिकरणमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।





प्रतिक्रिया