जनकपुर– सिराहा जिल्ला अदालतका २ जना न्यायाधीश चढेको गाडी दुर्घटनामा परेको छ।
जिल्ला न्यायाधीशहरु पुष्पराज थपलिया र धुव्रकुमार उप्रेती चढेको गाडी दुर्घटनामा परेको हो। जनकपुरबाट सिरहाका लागि हिँडेका उहाँहरु जनकपुरबाट केही अगाडि पुग्ने वित्तिकै दुर्घटनामा परेका हुन्।
जिल्ला अदालत सिरहाका श्रेस्तेदार जगदीश्वर भट्टराई घाइते न्यायाधीशको जनकपुरस्थित काब्य अस्पतालमा उपचार भइरहेको जानकारी दिनु भयो ।
घाइतेमध्ये न्यायाधीश धुब्रकुमार उप्रेतीको अवस्था गम्भीर रहेको जनाइएको छ। उहाँलाई थप उपचारका हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको श्रेस्तेदार भट्टराईले जानकारी दिनुभयो ।







प्रतिक्रिया