सुर्खेत – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि जनताको मनसँगै रहेको बताउनु भएको छ ।
एमाले कर्णाली प्रदेश कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले एमाले जनतासँगै रहेको बताउनु भयो
‘एमाले सरकारबाट मात्रै बाहिरिएको हो । जनताको मनबाट बाहिरिएको छैन । वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘आम जनताहरूको मन–मनमा, मस्तिष्कमा एमाले छ । अहिले हामी प्रतिपक्ष छौँ । आगामी निर्वाचनमा अझै शक्तिशाली भएर आउने छौँ र सरकारमा हुने छौं ।’
यस्तै, वरिष्ठ उपाध्यक्ष पोखरेलले २०७४ को निर्वाचनभन्दा आगामी निर्वाचनमा एमालेले अझै पहिलो स्थानमा पुग्नका लागि सषर्ष गरिरहेको र यो पटकको निर्वाचनमा कर्णालीलगायत अन्य स्थानमा पहिलो हुने दाबी गर्नुभयो ।







प्रतिक्रिया