अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ्गबाट निःशुल्क रेमिट्यान्स पठाउन सकिने

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ्गबाट निःशुल्क रेमिट्यान्स पठाउन सकिने


काठमाडौं – एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरेर दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने सकिने भएको छ ।

बैंकले समय अनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा आकर्षक योजना सार्वजनिक गरेको हो ।

बैंकले २०७८ चैत्र १ देखि २०७९ वैशाख ३१ सम्म लागू हुने गरी सो योजना ल्याएको हो । देशको कुनै एक ठाउँबाट अर्को ठाउँ निःशुल्क रुपमा रकम पठाउन साकिने भएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो मोबाइल बैंकिङ्ग एपबाट रेमिट रकम सहज रुपमा पठाउन सक्ने छन् ।

ग्राहकले आफ्नो मोबाइल बैंकिङ्गको एपबाट सेन्ड रेमिट् आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सकिने छ ।