अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतको राजदूतमा शंकर शर्मा नियुक्त

भारतको राजदूतमा शंकर शर्मा नियुक्त


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शङ्करप्रसाद शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले डा.शर्मालाई उक्त पदमा आज नियुक्त गर्नुभएको हो ।

मन्त्रिपरिषद्को गत मङ्सिर १० गतेको बैठकले उहाँलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । यसअघि उहाँ संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत हुनुहुन्थ्यो ।