अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङको लेटाङमा शिक्षकलाई यौन दुराचारको अरोाप,विवादले उग्र रुप लिंदा एक महिला प्रहरीको ज्यान गयो,एक स्थानीयबासी घाइते

मोरङको लेटाङमा शिक्षकलाई यौन दुराचारको अरोाप,विवादले उग्र रुप लिंदा एक महिला प्रहरीको ज्यान गयो,एक स्थानीयबासी घाइते


विराटनगर -मोरङको लेटाङ नगरपालिकामा विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा भएको तनावमा एक महिला प्रहरीको मृत्यु भएको छ।
लेटाङ-५ खेरुवास्थित आइतबार शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै आक्रोशित गाँउलेले विद्यालय घेरेका थिए।

नगरपालिकाका प्रमुख शंकर राईका अनुसार घटना भएपछि उग्र भएको भीड नियन्त्रणका लागि सुरक्षाकर्मीको बाक्लो उपस्थिति बनाइएको थियो। तर, आक्रोशित भीडले शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको राईले जानकारी दिनुभयो ।
विद्यालय तनावग्रस्त बनेपछि प्रहरीको टोली सुरक्षाका लागि त्यहाँ पुगेको थियो। नगरपालिकाका उपमेयर तथा सोही वडाका अध्यक्षसमेत घटनाबारे बुझ्न जाँदा तनावग्रस्त भीडले आक्रमणको प्रयास गरेको थियो। आक्रोशित भीडले विद्यालयमा आगजनीसमेत गरेको थियो। विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई प्रहरीले बेलुका निकाल्ने क्रममा आक्रोशित भीडले आक्रमण गरेको थियो।

सोही क्रममा एक महिला प्रहरीको मृत्यु भएको हो। प्रहरीले महिला प्रहरीको नाम सार्वजनिक गरिएको छैन। स्थानीयका अनुसार मृतक प्रहरीको घाँटीमा छुरा प्रहार गरिएको बताइएको छ।

त्यसैगरी स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर गरेको थियो। स्थानीयका अनुसार यसक्रममा एक युवकलाई पनि गोली लागेको छ। तर, यसबारे प्रहरीले आधिकारिक जानकारी दिइसकेको छैन।